हाम्रो समुदाय स्वास्थ्य स्याहार
अस्पताल प्राधिकरण सन् 1990 मा अस्पताल प्राधिकरण अध्यादेश अन्तर्गत स्थापित एक वैधानिक निकाय हो। सन् 1991 डिसेम्बर देखि हङकङको सार्वजनिक अस्पतालको सेवाहरुको व्यवस्थापन गर्नको निम्ति हामी जिम्मेवार छौं। हामी स्वास्थ्य सचिव मार्फत हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारप्रति उत्तरदायी छौं, जसले हङकङका लागि समग्र स्वास्थ्य नीतिहरू बनाउँछ र HA का कामहरूको निरीक्षण गर्दछ।
हामी 43 वटा अस्पताल र संस्थानहरू, 49 विशेषज्ञ बाह्य बिरामी क्लिनिक (SOPCs), र 74 पारिवारिक चिकित्सा क्लिनिकहरू (FMCs) को व्यवस्थापन गर्छौं। 31 मार्च 2025 सम्म, हामीसँग 90,000 भन्दा बढी कार्यबल र 30,000 भन्दा बढी ओछ्यानहरू छन्।
2024/25 मा, हामीले अभिलेख गर्यौं:
- 2.02 मिलियन अस्पतालमा बस्ने बिरामी र दिवा बिरामीहरू घर फर्किएका,
- 2.02मिलियन दुर्घटना र आकस्मिकमा हाजिर भएका,
- 8.69 मिलियन विशेषज्ञ बहिरङ्ग (क्लिनिकल) हाजिर भएका;
- 3.61 मिलियन सम्बद्ध स्वास्थ्य (बहिरङ्ग) हाजिर भएका;
- 6.62 मिलियन प्राथमिक स्याहारमा हाजिर भएका र
- 2.27 मिलियन सामुदायिक आउटरिच भ्रमणहरू।
मानिसहरूलार्इ पहिले राखेर
अस्पताल प्राधिकरण एक "मान्छे-पहिलो" संगठन हो। हाम्रो काम हाम्रो दर्शन, उद्देश्य र मूल्यमान्यताहरूद्वारा निर्देशित छ। मानिसलार्इ स्वस्थ रहन सहायता गर्ने दर्शनसँगै हामीले हङकङ एस ए आर सरकारको नीति "पर्याप्त चिकित्सा उपचार पाउनबाट कुनै पनि माध्यमबाट कोही पनि बञ्चित नभएको होस्" पूरा गर्नतिर हामीले योगदान गर्छौं। यो कुरा हासिल गर्न, हामी सुनिश्चित गर्छौं कि समुदायका सबै सदस्यहरूलाई व्यापक, किफायती, अत्यधिक पेशागत र मानिस-केन्द्रित रोकथाम, रोग उपचारात्मक र पुनर्स्थापना स्वास्थ्य स्याहार सेवाहरूमा पहुँच होस्।
अंग्रेजी र नेपाली संस्करण बीच कुनै पनि विसंगति भएमा, अंग्रेजी संस्करण प्राथमिकता हुनेछ।