परिचय
Introduction

हाम्रो समुदाय स्वास्थ्य स्याहार

अस्पताल प्राधिकरण सन् 1990 मा अस्पताल प्राधिकरण अध्यादेश अन्तर्गत स्थापित एक वैधानिक निकाय हो। सन् 1991 डिसेम्बर देखि हङकङको सार्वजनिक अस्पतालको सेवाहरुको व्यवस्थापन गर्नको निम्ति हामी जिम्मेवार छौं । हामी खाद्य र स्वास्थ्य सचिवद्वारा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार जवाफदेही छौं, जसले हङकङको निम्ति समग्र स्वास्थ्य नीतिहरुको निर्माण गर्दछ।

हाल हामीसँग करिब 73,000 जना मानिसहरूको जनशक्ति छ र हामीले 42 अस्पतालहरू र संस्थाहरू, 47 विशेषज्ञ बहिरंग क्लिनिकहरू (SOPCs), र 73 वटा सामान्य बहिरंग क्लिनिकहरू (GOPCs) लार्इ व्यवस्थापन गर्छौं । हामीले जम्मा 27,895 शैयाहरू। 

2015/16 मा, हामीले अभिलेख गर्‍यौं: 

  • 1.67 मिलियन अस्पतालमा बस्ने बिरामी र दिवा बिरामीहरू घर फर्किएका,  
  • 2.24 मिलियन दुर्घटना र आकस्मिकमा हाजिर भएका,  
  • 9.84 मिलियन विशेषज्ञ बहिरंग क्लिनिकमा हाजिर भएका (क्लिनिकल र सम्बन्धित स्वास्थ्य)   
  • 6.27 मिलियन प्राथमिक स्याहारमा हाजिर भएका र   
  • 2.02 मिलियन सामुदायिक आउटरिच भ्रमणहरू।   

 

मानिसहरूलार्इ पहिले राखेर

अस्पताल प्राधिकरण एक "मान्छे-पहिलो" संगठन हो। हाम्रो काम हाम्रो दर्शन, उद्देश्य र मूल्यमान्यताहरूद्वारा निर्देशित छ। मानिसलार्इ स्वस्थ रहन सहायता गर्ने दर्शनसँगै हामीले हङकङ एस ए आर सरकारको नीति "पर्याप्त चिकित्सा उपचार पाउनबाट कुनै पनि माध्यमबाट कोही पनि बञ्चित नभएको होस्" पूरा गर्नतिर हामीले योगदान गर्छौं। यो कुरा हासिल गर्न, हामी सुनिश्चित गर्छौं कि समुदायका सबै सदस्यहरूलाई व्यापक, किफायती, अत्यधिक पेशागत र मानिस-केन्द्रित रोकथाम, रोग उपचारात्मक र पुनर्स्थापना स्वास्थ्य स्याहार सेवाहरूमा पहुँच होस्।

अंग्रेजी र नेपाली संस्करण बीच कुनै पनि विसंगति भएमा, अंग्रेजी संस्करण प्राथमिकता हुनेछ।

पछिल्लो अद्यतन: